Logo

समाचार

दक्षिण सुडानमा नेपाली सेनाको १६औँ चोटी फेरबदल



काठमाडौं । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जारी गरेको प्रेस नोट अनुसार, ‘युनाइटेड नेसन्स मिसन इन साउथ सुडान’ मा सहभागी श्री नयाँ गोरख गण (शान्ति सेना) १५औँ डफ्फालाई बदली गर्नका लागि श्री नारायणदल गण (शान्ति सेना) १६औँ डफ्फाका २०३ जना शान्ति सैनिकहरूको दोस्रो तथा अन्तिम टोली हिजो (बुधबार) मिसन इलाकातर्फ प्रस्थान गरेको छ ।

यसैगरी, उक्त मिसनमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी २०४ जना नेपाली शान्ति सैनिकहरू सोही दिन स्वदेश फिर्ता भएका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार १०:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।