काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य ११ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज सुन तोलामा २ लाख ८८ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलामा २ लाख ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी आज चाँदी तोलाको २ सय २० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी ४ हजार ३५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार २५५ रुपैयाँमै कारोबार भएको थियो ।




















प्रतिक्रिया