Logo

प्रमुख समाचार

कांग्रेसको १५औँ महाधिवेशनबाट २३१ जना निर्वाचित



काठमाडाैं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा २३१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ। सभापतिमा थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै श्यामकृष्ण खड्गीलाई पराजित गरेका हुन्।

संशोधित विधानअनुसार कांग्रेसले यसपटक पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउँदै समावेशी प्रतिनिधित्वको दायरा विस्तार गरेको छ।

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतिमा पुष्पा भुसाल तथा महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डा. डिला संग्रौला निर्वाचित भएका छन्। संशोधित विधानअनुसार २९७ सदस्यीय केन्द्रीय समितिमा बाँकी ६६ सदस्य सभापतिले मनोनीत गर्ने व्यवस्था छ। मनोनयनपछि समितिले पूर्णता पाउनेछ।

१५औँ महाधिवेशन असोज १८ गतेदेखि काठमाडौंमा सुरु भएको थियो। नयाँ नेतृत्व चयनका लागि भएको मतदानपछि असोज २३ गते रातिबाट मतगणना सुरु गरिएको थियो। मतगणना करिब एक सातामा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार १३:५६   :  बजे

180
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।