काठमाडाैं । शुक्रबार लगातार सातौं कारोबार दिन सेयर बजार बढेको छ । असोज २२ गतेयता हरेक कारोबार दिन बजार बढिरहेको छ ।
नेप्से परिसूचक ८.२३ अंकले बढेर २६३४.१७ बिन्दुमा पुगेकाे छ।
दशैँको सार्वजनिक बिदाका कारण आगामी साता सेयर कारोबार पूर्ण रूपमा बन्द रहने छ भने कात्तिक ९ गतेदेखि पुनः नियमित कारोबारका लागि खुल्नेछ।
आज १७४ कम्पनीको सेयर मूल्य बढेको छ भने ९१ कम्पनीको घटेको छ। यो दिन १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
आज ४ अर्ब ८८ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार घलेम्दी हाइड्रोपावरको भएको छ । आज चिरख्वा हाइड्रोपावरको सेयरधनीहरुले सर्वाधिक कमाएका छन् । यो कम्पनीको सेयर मूल्य १४.८२ प्रतिशतले बढेको छ।
यसैगरी आज हिमालयन एभरेष्ट इन्स्योरेन्सका सेयरधनीहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४.९८ प्रतिशतले घटेको छ।




















प्रतिक्रिया