Logo

अर्थ

एनपीएल सिजन ३ मा लुम्बिनी लायन्ससँग ह्युण्डाई नेपालको साझेदारी



काठमाडाैं । ह्युण्डाई नेपालले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनका लागि डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्ससँग साझेदारी गरेको छ। दुई पक्षबीच ‘ड्रिभन बाइ ह्युण्डाई’ (Driven by Hyundai) अवधारणासहित सहकार्य गरिएको हो।
यस साझेदारीले अटोमोबाइल क्षेत्रको स्थापित ब्रान्ड ह्युण्डाई नेपाल र एनपीएलको वर्तमान च्याम्पियन लुम्बिनी लायन्सलाई एकै प्लेटफर्ममा जोडेको छ।

लुम्बिनी लायन्सले एनपीएलको दोस्रो सिजनको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै पहिलोपटक उपाधि जितेको थियो। टोलीले आगामी सिजनमा उपाधि रक्षा गर्ने लक्ष्यसहित तयारी गरिरहँदा ह्युण्डाई नेपालले पनि सहकार्य विस्तार गरेको हो।

ह्युण्डाई नेपालले यस साझेदारीमार्फत जुझारुपन, टिमवर्क र प्रतिस्पर्धात्मक भावनालाई प्रवर्द्धन गर्दै नेपालको बढ्दो क्रिकेट समुदायसँग आफ्नो सम्बन्ध थप मजबुत बनाउने जनाएको छ।

‘ड्रिभन बाइ ह्युण्डाई’ लाई सहकार्यको मुख्य अवधारणाका रूपमा प्रस्तुत गरिएको छ। कम्पनीका अनुसार यो साझेदारी खेलकुदलाई सहयोग गर्ने तथा नेपालका खेल प्रतिभालाई प्रोत्साहन गर्ने आफ्नो प्रतिबद्धताको निरन्तरता हो।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार १६:५१   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।