काठमाडौं ।दसैंजस्तो महत्वपूर्ण चाडपर्वमा समेत ऋण असुली रिकभरी लाई प्राथमिकता दिँदै बैंक सञ्चालन गर्ने निर्णयप्रति एनआईसी एसिया बैंकका कर्मचारीले असन्तुष्टि जनाएका छन् ।
सार्वजनिक बिदाका दिन, शनिबारसमेत रिकभरीका लागि कर्मचारी परिचालन गर्ने बैंक व्यवस्थापनको निर्णयले कर्मचारीको चाडपर्व मनाउने अवसर र पारिवारिक जीवनमा असर परेको उनीहरूको गुनासो छ ।
वर्षभरि बैंकिङ सेवामा खटिने कर्मचारीले वर्षमा एकपटक आउने दसैंमा समेत परिवारसँग समय बिताउन नपाउने अवस्था सिर्जना भएको भन्दै कर्मचारीले व्यवस्थापनको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।
बैंकका लागि ऋण असुली र व्यावसायिक लक्ष्य महत्वपूर्ण भए पनि त्यसका नाममा कर्मचारीको व्यक्तिगत जीवन र चाडपर्वलाई बेवास्ता गर्न नहुने उनीहरूको भनाइ छ ।
कर्मचारीले सार्वजनिक बिदाका दिन बैंक सञ्चालन गर्नुपर्ने आवश्यकता र त्यसको औचित्य स्पष्ट पार्न नेपाल राष्ट्र बैंक तथा बैंक व्यवस्थापनसँग माग गरेका छन् ।
व्यावसायिक लक्ष्य हासिल गर्ने क्रममा कर्मचारीको अधिकार, सुविधा र व्यक्तिगत जीवनलाई समेत उत्तिकै महत्व दिनुपर्ने उनीहरूको जोड छ ।




















प्रतिक्रिया