काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा ५७ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको बैंकले यस वर्ष नाफा उल्लेख्य रूपमा बढाएको हो। समीक्षा अवधिमा बैंकको खुद नाफा १ हजार ८०३।७१ प्रतिशतले वृद्धि भएको छ।
बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार नाफामा उल्लेख्य सुधार देखिए पनि खुद ब्याज आम्दानी भने घटेको छ।
गत आर्थिक वर्षको असोज मसान्तसम्म २ अर्ब ४५ करोड ३७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ३६ करोड २५ लाख रुपैयाँमा सीमित भएको छ। यो गत वर्षको तुलनामा ३।७२ प्रतिशत कम हो।
यता बैंकको कुल सञ्चालन आम्दानीमा भने वृद्धि भएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ६५ करोड २५ लाख रुपैयाँ रहेको कुल सञ्चालन आम्दानी चालु आर्थिक वर्षमा ८।८६ प्रतिशतले बढेर २ अर्ब ८८ करोड ७४ लाख रुपैयाँ पुगेको छ।
बैंकको सञ्चालन नाफासमेत सुधारिएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ३२ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा १५ करोड ६० लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ।
यससँगै बैंकको प्रतिसेयर आम्दानी ९ईपीएस० पनि बढेको छ। गत वर्ष १७ पैसा रहेको ईपीएस चालु आर्थिक वर्षमा बढेर ३ रुपैयाँ ५ पैसा पुगेको छ।
यद्यपि, बैंकको खराब कर्जा अनुपातमा भने सामान्य वृद्धि देखिएको छ। गत आर्थिक वर्षको असोज मसान्तमा ४।७८ प्रतिशत रहेको खराब कर्जा अनुपात चालु आर्थिक वर्षमा ४।७९ प्रतिशत पुगेको छ।
बैंकको प्रतिसेयर नेटवर्थ २३२ रुपैयाँ ५८ पैसा कायम भएको छ। तर, वितरणयोग्य मुनाफामा भने गिरावट आएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ रहेको वितरणयोग्य मुनाफा चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ७८ करोड ८० लाख रुपैयाँमा झरेको छ।
असोज मसान्तसम्म बैंकको चुक्ता पुँजी १९ अर्ब ७३ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १८ अर्ब १७ करोड रुपैयाँ सञ्चित छ। यस अवधिमा बैंकले २ खर्ब ५० अर्ब ४२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकले ३ खर्ब ४८ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरेको वित्तीय विवरणमा उल्लेख छ।




















प्रतिक्रिया