काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आज बुधबार दुई खेल हुँदैछन्।
पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्स खेल्नेछन् । यो खेललाई ठुलो योगफलको प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । खेल दिउँसो साढे १२ बजे सुरु हुने छ ।
आजको खेल जनकपुर र विराटनगर दुबैको चौथो खेल हो । यसअघिका ३ मध्ये २ खेल जितेको जनकपुर तालिकाको दोस्रो स्थानमा छ । कर्णाली याक्ससँग पहिलो खेलमा १९ रनले हारेको जनकपुरले त्यसपछि काठमान्डृु गोर्खाजलाई ८ विकेट र पोखरा एभेन्जर्सलाई ९ रनले हराउँदै ४ अंक जोडेको हो ।
विराटनगरले भने लगातार दुई खेल हारेपछि सुदूरपश्चिमलाई हराएको हो । वर्षाका कारण ५ ओभर मात्र खेलाइएकोखेलमा विराटनगर ३० रनले विजयी भएको थियो। विराटनगर पहिलो खेलमा चितवनसँग ८ रनले र कर्णालीसँग ४ विकेटले पराजित भएको थियो।
एनपीएलमा जनकपुर र विराटनगर तेस्रो पटक खेल्न लागेका हुन् । यसअघि दुवै टोलीले एक खेल जितेका छन्।
आजको दोस्रो खेल साविक विजेता लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच हुनेछ। यसपटक लुम्बिनी फर्ममै देखिँदा पोखराले कमजोर प्रदर्शन गरिरहेको छ । साकिब अल हसन लगायत प्रतिष्ठित खेलाडी भित्र्याए पनि पोखरा तालिकाको पुछारमा रहेको छ । उसले जारी प्रतियोगितामा खेलेका दुईमध्ये दुबै खेल हार्दै तालिकाको पुछारमा रहेको छ । लुम्बिनी भने दुईमध्ये एक खेल जित्दै तालिकाको चौथो स्थानमा रहेको छ । लुम्बिनीको चितवनसँग खेल्ने तय भएको दोस्रो खेल बर्षाका कारण नभए पछि अंक बाँडेको थियो ।
आज पनि पराजित भए कम्तिमा प्लेअफमा पुग्ने पोखराको लक्ष्यमा धक्का लाग्नेछ । पोखरा यसअघिका दुबै प्रतियोगितामा प्लेअफमा पुग्न असफल रहेको छ । यस्तै लुम्बिनी पनि आजको खेल जित्दै टाइटल जोगाउने यात्रालाई जारी राख्न चाहन्छ ।




















प्रतिक्रिया