Logo

मनोरञ्जन

‘जब जब तिमी आयौंमा आकाश र बर्षाको रोमान्स (भिडियो)



पुरुषोत्तम सुवेदीको आवाजमा नयाँ गीत ‘जब जब तिमी आयौं’ सार्वजनिक भएको छ । अम्बिका गुरुङको शब्द रहेको यो गीतमा पुरुषोत्तमकै संगीत छ ।

एक प्रेमीले प्रेमिकालाई माया पाएपछि व्यक्त गरेको भावलाई यो गीतमा उठान गरिएको छ । गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका बर्षा सिवाकोटीलाई फिचरिङ गरिएको छ ।

गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा कमल प्रसाइको ड्रोन, सुप्रिम पराजुलीको सम्पादन छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार ११:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।