Logo

खेलकुद

भारतीय क्रिकेटर केएस भरतले एनपीएल नखेल्ने



काठमाडौं । काठमान्डु गोर्खाजमा अनुबन्ध भएका भारतका पूर्व टेस्ट विकेटकिपर ब्याटर केएस भरत नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नआउने भएका छन्। यो जानकारी काठमान्डु गोर्खाजले सामाजिक सञ्जालमार्फत दिएको हो।

काठमान्डु गोर्खाजले सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ, ‘व्यस्तताका कारण के.एस.भरत यस सिजनमा हामीसँग जोडिने छैनन्। हामी उनको उज्ज्वल भविष्यको कामना गर्दछौं।’

काठमाडौं गोर्खाजले उनलाई एनपीएल तेस्रो सिजनका लागि टोलीमा अनुबन्ध गरेको जानकारी गत भदौ पहिलो साता दिएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार १०:५२   :  बजे

225
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।