Logo

प्रमुख समाचार

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन विक्रम थापा नियुक्त



काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन विक्रम थापालाई नियुक्त गरेको छ।

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

नवनियुक्त अध्यक्ष थापाले बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनलाई अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शपथ गराएका हुन्।

शपथपछि अर्थमन्त्री वाग्लेले नवनियुक्त अध्यक्ष थापालाई बीमा क्षेत्रको समग्र विकास, विस्तार र सुधारका लागि निडर तथा निर्भीक भएर काम गर्न निर्देशन दिएका छन्।

उनले बीमा क्षेत्रको दायरा विस्तार, नियामकीय प्रभावकारिता र संस्थागत सुधारमा केन्द्रित भएर काम गर्नुपर्नेमा जोड दिएका छन्।

थापाको नियुक्तिसँगै बीमा क्षेत्रको नियमन, सुशासन, बीमितको हित संरक्षण तथा बीमा बजारको विस्तारमा प्राधिकरणले कस्तो भूमिका खेल्छ भन्ने चासो बढेको छ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार २०:३६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।