Logo

अर्थ

आईपीओ जारी गर्दै भिजन लुम्बिनी, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्ति



काठमाडौं । भिजन लुम्बिनी लिमिटेडले सर्वसाधारणलाई कम्पनीको स्वामित्वमा सहभागी गराउने उद्देश्यले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया अघि बढाउन मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

यसै सिलसिलामा आयोजित औपचारिक कार्यक्रममा भिजन लुम्बिनीका तर्फबाट अध्यक्ष जगतबहादुर पोखरेल र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीले जारी पूँजीको २० प्रतिशतले हुने १२ लाख ५० हजार कित्ता साधारण सेयर, प्रति कित्ता रु. १०० अंकित मूल्यका दरले सार्वजनिक निष्काशन मार्फत सर्वसाधारणलाई बिक्री गर्नेछ ।

भिजन लुम्बिनी नेपालको लगानी क्षेत्रको विकास र विस्तारमा निरन्तर योगदान गर्दै आएको सार्वजनिक लगानीमूलक कम्पनी हो । कम्पनीले ऊर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, सूचना प्रविधि तथा खनिज उत्खनन लगायतका उत्पादनशील र प्रशोधन क्षेत्रमा लगानीका अवसरको पहिचान, अध्ययन, विश्लेषण र प्रवद्र्धन गर्दै आएको छ ।

स्वदेशी पूँजी र स्रोत साधनको प्रभावकारी परिचालनमार्फत लगानीका नयाँ सम्भावना खोजी गरी राष्ट्रिय अर्थतन्त्रलाई सबल र आत्मनिर्भर बनाउनु कम्पनीको लक्ष्य हो । यही उद्देश्य अनुरूप कम्पनीले दीर्घकालीन लगानी रणनीति, व्यावसायिक व्यवस्थापन र आधुनिक प्रविधिलाई प्राथमिकता दिँदै आएको छ ।

कम्पनीले विशेषगरी जलविद्युत् तथा नवीकरणीय ऊर्जा, कृषि र अन्य उत्पादनशील क्षेत्रमा लगानी गर्दै आएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहीबार १३:५८   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।