काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्। ४१ वर्षीय रोनाल्डोले नोभेम्बरको अन्तर्राष्ट्रिय खेलपछि राष्ट्रिय टोलीबाट बिदा हुने निर्णय सार्वजनिक गरेका हुन्।
रोनाल्डोले बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै पोर्चुगलको प्रतिष्ठित ७ नम्बर जर्सी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बताएका छन्। उनले आफ्नो पोस्टमा ‘पोर्चुगल सधैँ मेरो मनमा रहनेछ’ भन्ने सन्देश पनि दिएका छन्।
४१ वर्षीय रोनाल्डोले पोर्चुगलका लागि २३२ खेल खेल्दै १४६ गोल गरेका छन् । उनी पोर्चुगलका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।
रोनाल्डोले सन् २००३ मा पोर्चुगलको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय फुटबल यात्रा सुरु गरेका थिए।





















प्रतिक्रिया