Logo

बैंकिङ

यी पाँच बैंकले पाँच अर्ब माथिको ऋणपत्र जारी गर्दै 



पाँच ओटा बैंकले ऋणपत्र निष्काशनको लागि तयारी गरेका छन् । बोर्डले सिद्धार्थ, एभरेष्ट, सानिमा, नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) र बैंक अफ काठमाडौँलाई ऋणपत्र जारी गर्न अनुमति दिईसकेको छ । 

सिद्धार्थ बैंकः सिद्धार्थ बैंकले ८ दशमलव ५ प्रतिशत ब्याजदरमा ७ वर्ष अवधिका लागि ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्दैछ । जारी गर्न लागेको ३० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्तामा सर्वसाधारण र १८ लाख कित्ता ऋणपत्र बैंकले संघ संस्थालाई बिक्री गर्ने जनाएको छ । यसको बिक्री प्रबन्धक एनएमबि क्यपिटलले गर्नै बैंकले जनाएको छ । 

एभरेष्ट बैंकः एभरेष्ट बैंकले पनि ७ वर्षका लागि १ अर्ब रूपैयाँको १० लाख कित्ता ऋणपत्रल १०.२५ प्रतिशत ब्याजदरमा एभरेष्ट बैंक डिबेन्चर २०८३ निष्कासन गर्ने भएको छ । एभरेष्टको ऋणपत्रमा सर्वसाधारणले ४० करोड रूपैयाँको ४० लाख कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन् भने बाँकी ६० करोड रुपैयाँको ६० लाख कित्ता बैंक आफैले विधिन्न संघ संस्था तथा व्यक्तिलाई बिक्री गर्ने छ । यसको बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटले गर्ने छ । 

सानिमा बैंकः सानिमा बैंकले १० वर्षका लागि ४ अर्ब रुपैयाँको ४० लाख कित्ता ऋणपत्र १०.२५ प्रतिशत ब्याजदरमा बिक्री गर्न लागेको हो । बैंकले बिक्री गर्न लागेको ४० लाख कित्तामा सर्वसाधारणले १६ लाख कित्तामा आवेदन दिने पाउने छन् भने बैंक आफैले २४ लाख कित्ता विभिन्न संघ संस्था तथा व्यक्तिलाई बिक्री गर्नेछ । ऋणपत्रको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।

एनसीसी बैंक । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले १० वर्ष अवधिको लागि १०.२५ प्रतिशत ब्याजदरमा ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्दैछ । उक्त ऋणपत्रमा सर्वसाधारणले १२ लाख कित्ता र बैंक आफैले विभिन्न संघ संस्था तथा व्यक्तिलाई १८ लाख कित्ता सेयर बिक्री गर्नेछ । ऋणपत्रको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

बैंक अफ काठमाण्डू । ऋणपत्र जारी गर्नका लागि बैंक अफ काठमाण्डू बोर्डको पाइपलाइनमा रहेको छ । बैंकले १० वर्षका लागि १ अर्ब ६० करोड रुपैयाँको १६ लाख कित्ता निष्कासन गर्न लागेको छ । बैंकले १०.२५ प्रतिशत व्याजदरमा ऋण जारी गर्न लागेको हो । बैंकले जारी गर्न लागेको १ अर्ब ६० करोड रूपैयाँको १६ लाख कित्ता ऋणपत्रमा सर्वसाधारणले ६ लाख ४० हजार कित्तामा आवेदन दिन पाउने छन् भने बैंक आफैले विभिन्न संघ संस्था तथा व्यक्तिलाई ९ लाख ६० हजार कित्ता बिक्री गर्नेछ । ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

प्रकाशित मिति : भाद्र २६, २०७७ शुक्रबार  ३ : ०५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।