Logo

समाचार

रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधाम जाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र नयाँ आशाको शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै लामिछानेले उज्यालो, उमङ्ग र उत्साहको पर्व तिहार तथा आस्था, श्रद्धा र समर्पणको पर्व छठले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गरेका हुन् ।

उनले यी पर्वले परिवार, समाज र समुदायबीचको प्रेम, सद्भाव, एकता र आपसी विश्वासलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

विविधताबीचको राष्ट्रिय एकतालाई अझ बलियो बनाउन पर्वहरूको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै लामिछानेले यस वर्षको छठ पर्व राष्ट्रिय एकताको सन्देशसहित मनाउन आफूहरू जनकपुरधामस्थित गंगासागरमा उपस्थित हुने बताए ।

उनले सबै नेपालीलाई तिहार, नेपाल संवत् तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना दिए ।

प्रकाशित मिति : २२ कार्तिक २०८३, आईतवार १३:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।