Logo

समाचार

सम्पदा लघुवित्तले घोषणा गर्‍यो ४.२१ प्रतिशत लाभांश



काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरेको छ।
संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ७० करोड ८ लाख ५८ हजार ३४५ रुपैयाँको कुल ४.२१ प्रतिशतले हुन आउने २ करोड ९५ लाख ९ हजार ८२५.०५ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको छ।
जसमा ४ प्रतिशतले हुन आउने २ करोड ८० लाख ३४ हजार ३३३.८० रुपैयाँको बोनस शेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशतले हुन आउने १४ लाख ७५ हजार ४९१.२५ रुपैयाँ नगद लाभांश छन्।
यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहीबार १२:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।