Logo

अर्थ

गण्डकी प्रदेशमा पुरुष भन्दा महिला सक्रिय बैंक खाता धेरै



नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको पुष मसान्त सम्मको तथ्याङ्क अनुसार प्रदेश तीनमा जनसंख्या भन्दा बैंक खाता धेरै देखिन्छ । सिंगो नेपालको तुलनामा महिलाको भन्दा पुरुषको बढि सक्रियता देखिन्छ ।

यसले नेपालमा महिला भन्दा पुरुषका बचत खाता बढी रहेको जनाएको हो । गण्डकी प्रदेशमा कुल जनसंख्याको ९८ प्रतिशत जनसंख्याको बैंक खाता रहेको छ । जसमध्ये ५३ प्रतिशत बैंक खाता महिलाको र ४५ प्रतिशत बैंक खाता पुरुषको रुहेको छ ।

प्रतिशतको आधारमा सबैभन्दा धरै सक्रिय बैंक खाता प्रदेश नम्बर तीनमा रहेको छ । तीन नम्बर प्रदेशमा कुल जनसंख्याको १ सय ३० प्रतिशत जनसंख्याको सक्रिय बैंक खाता रहेको छ । जसमध्ये ५० प्रतिशत बैंक खाता महिला र ८० प्रतिशत बैंक खाता पुरुषको रहेको छ । त्यस्तै प्रतिशतको आधारमा सबैभन्दा कम सक्रिय बैंक खाता कर्णाली प्रदेश र दुई नम्बर प्रदेशमा रहेको छ । दुई वटै प्रदेशमा कुल जनसंख्याको ३० प्रतिशत मात्र बैंक खाता रहेको छ । प्रदेश नम्बर दुईमा कुल जनसंख्याको २० प्रतिशत पुरुष र १० प्रतिशत महिलाको बैंक खाता रहेको छ । कर्णाली प्रदेशमा भने कुल जनसंख्याको १८ प्रतिशत पुरुष र १२ प्रतिशत महिलाको बैंक खाता रहेको छ ।

अन्य प्रदेशहरुमा प्रदेश नम्बर एकमा कुला जनसंख्याको ५० प्रतिशत सक्रिय बैंक खाता रहेकोमा ३० प्रतिशत पुरुष र २० प्रतिशत महिलाको बैंक खाता रहेको छ । त्यस्तै प्रदेश नम्बर पाँचमा कुल जनस्ंख्यामध्ये पुरुषको ३७ प्रतिशत र महिलाको २९ प्रतिशत गरी कुल ६६ प्रतिशतको बैंक खाता सक्रिय रहेको छ । सुदुर पश्चिम प्रदेशमा कुल जनसंख्यामध्ये पुरुषको २७ प्रतिशत र महिलाको १९ प्रतिशत गरि ४६ प्रतिशतको बैंक खाता सक्रिय रहेको छ ।

नेपालमा अधिकांश मानिसको एकभन्दा बढी बैंकमा बचत खाता खोल्ने गरिएकाले पनि प्रदेश तीनमा कुल जनसंख्या भन्दा बैंक खाता बढी खुलेको देखिन्छ ।

प्रकाशित मिति : फाल्गुन २०, २०७५ सोमबार  ६ : १३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।