Logo

मधेश प्रदेश

धनुषामा स्वयम्बर गर्दागदै बेहुली फरार भएपछि…..



धनुषामा गएराती विवाह पूर्व गरिने स्वयम्वर रिवाजबाटै बेहुली फरार भएकी छन् ।धनुषाको शहिदनगर नगरपालिका वडा नं. ३ यदुकुहाको महरा टोल स्थितबाट गएराती करिब १ बजे स्वयम्बरपछि दुल्ही अर्कै केटासँग फरार भएको ईलाका प्रहरी कार्यालय यदूकुहाले जनाएको छ । धनुषाको सबैला नगरपालिका वडा नं. ३ बाट यदुकुहा महरा टोलको लागि निस्केको जन्ती स्व्यम्वर हेरेपछि बेहुली फरार भएको खवर पाएको बताइएको छ ।

ईलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी नीरिक्षक एवम् ईन्चार्ज भिम खड्काले जनाए अनुसार, यदुकुहाको रामटोल स्थित जन्ती आएकोमा राती १ बजे स्वयम्वर सम्पन्न भए लगत्तै आँखा छलेर बेहुली फरार भएकी हुन् ।

उनीहरुको खोजविन प्रहरीले तीव्र पारेको छ ।स्वयँवरपछि नै बेहुली अर्कै केटासँग फरार भएपछि टोलमा खैलाबैला मच्चिएको छ भने जन्ती सजाएर आएका बेहुला पक्षसँग बेहुली पक्षको आन्तरिक छलफल भईरहेको जनाइएको छ । स्वयँवरपछि नै बेहुली भागेको धनुषामै पहिलो घटना भएको हो ।

प्रकाशित मिति : फाल्गुन २०, २०७५ सोमबार  ९ : ०० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।