Logo

स्वास्थ्य

बिहिबार थप १ हजार ६सय १४ जनामा कोरोना संक्रमण 



बिहिबार नेपालमा थप १ हजार ६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २७ हजार ६४० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ रहेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ४३७ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ । पछिल्लो २४ घण्टामा २३ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४१२ पुगेको छ।

यस्तै हालसम्म ६८० जना क्वारेन्टिनमा रहेका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  ४ : ३४ बजे