Logo

स्वास्थ्य

तेक्वान्दो प्रक्षिक विष्टसहित परिवारका ६ जनामा कोरोना संक्रमण पुष्टि



 ओलम्पियन एवं तेक्वान्दो प्रक्षिक दीपक विष्ट कोरोना भाइरसबाट संक्रमित हुनुभएको छ ।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका पूर्वअध्यक्ष समेत रहनुभएका विष्टले आफू कोरोनाबाट संक्रमित भएको आज सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको हो ।

उहाँसहित परिवारका ६ जनामा कोरोना संक्रमण देखिएको छ । परिवारका अन्य सदस्य कोरोनाबाट मुक्त भइसकेको विष्टले जानकारी दिनुभएको छ ।संक्रमणबाट जोगिन शारीरिक दूरी कायम गर्न र मास्कको प्रयोग अनिवार्य रुपमा गर्न उहाँले आग्रह गर्नुभएको छ ।

कोरोना पुष्टि भएपछि विष्ट होम आइसोलेसनमा बस्नुभएको छ ।उहाँकी पत्नी एवं १३ औं दक्षिण एसियाली खेलकूद (साग)मा तेक्वान्दोतर्फ दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्य पनि कोरोना संक्रमणबाट मुक्त हुनुभएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  ९ : ५३ बजे