Logo

बैंकिङ

एसबिआई बैंकद्धारा  परोपकार तथा अनुसन्धान केन्द्रलाई विद्युतिय उपकरण प्रदान 



नेपाल एसबिआई बैंकलेले अनारमनी, विर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रलाई आवश्यक विद्युतीय उपकरणहरु प्रदान गरेको छ । वि. सं. २०६७ सालमा संचालन भएको उक्त संस्थाले हाल ३८ जना वृद्धवृद्धाहरुलाई आश्रय दिएको हो । उक्त संस्थामा आयोजना गरिएको एक कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार देद्वारा संस्थाका अध्यक्ष विक्रम मादेन ( गुरुङ ) लाई उक्त सामानहरु हस्तान्तरण गरेका छन् । उक्त समारोहमा नेपाल एसबिआई बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत श्री छपि राज पन्त, विर्तामोड शाखाका शाखा प्रबन्धक मनोज चापागाई तथा सो संस्थाका अन्य कर्मचारीको उपस्थिती थियो ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार १०:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।