Logo

बैंकिङ

मुक्तिनाथ विकास बैंकद्धारा अनलाईन कर्जा आवेदन सञ्चालन



मुक्तिनाथ विकास बैंकले अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहक कोरोना प्रभावकोबीच आफ्ना ग्राहकलाई स्वास्थ्य तथा समयको महत्वलाई ध्यानमा राखी डिजिटल प्रणालीको प्रोत्साहन गर्ने गरी यस्तो सुविधा लइाएको जनाएको छ ।

बैंकलाई थप प्रविधिमैत्री तथा ग्राकमैत्री बनाउने क्रममा बैंकले आफ्नो वेबसाइटकबाट सिधै विभिन्न कर्जाका लागि आवेदन दिन सक्ने साथै कर्जा स्वीकृतिका लागी आवश्यक पर्ने कागजात समेत अनलाइन मार्फत नै ग्राहकहरुले प्रस्तुत गर्नसक्ने सुविधा उपलब्ध गराएको हो ।

यस प्रणाली मार्फत ग्राहकले आफुलाई सहज पर्ने कुनै पनि शाखा अनलाइन नै छनौट गरि कर्जा आवेदन दिन सकिने साथै, सम्पूर्ण कागजात प्रस्तुत गरिएको ७ कार्य दिन भित्रनै कर्जा स्वीकृति गरिने छ ।

बैंकले नयाँ प्रविधिलाई आत्मसाथ गर्नुका साथै बैंकमा कार्यरत कर्मचारी र ग्राहकवर्गको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याइएको बताएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार १०:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।