Logo

बैंकिंग

एनएमबि बैंकको शाखा बुटवलको देवीनगरमा 



एनएमबि बैंकले बुटवलको देवीनगरमा नयाँ शाखा बिस्तार गरेको छ । बैंकले १७३ औं शाखा संचालनमा ल्याएको हो । बैंकका लुम्बिनी प्रदेश प्रमुख मोहन केसीका अनुसार उक्त शाखा बुधबारबाटै सञ्चालनमा आएको बताए ।

बैंकको अब लुम्बिनि प्रदेशमा जम्मा २८ शाखाहरू पुगेका छन् र आफ्ना नवीनतम सेवा सुविधाहरू लिएर ग्राहकहरूसम्म पुग्ने क्रम बैंकले जारी राख्ने बताईएको छ ।
सेवा विस्तार रणनीतिको रूपमा नयाँ शाखाले देशैभरि सबै सेगमेण्टको वित्तीय आवश्यकतालाई पुरा गर्ने प्रयास गर्नुको साथै बैंकको उपस्थितिको आधारलाई मजबुत बनाउनेछ विश्वास गरिएको छ ।

एनएमबि बैंकले १७३ शाखाहरु, ८ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जालका साथै १०,४१६ क्यूआर र ४३४ भन्दा बढी पोस मेसिन मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ११ : १७ बजे