एनआई सी एशिया बैंक लि.को नरहा गाउँपालिकावडा नं ५, सिरहास्थित नरहा शाखाको नरहा गाउँपालिकाका अध्यक्ष रामशरण यादवबाट उद्घाटन भएको छ ।उक्तशाखाको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नोउपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गरे ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखाकार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ ।
करिब १४ लाख ५० हजार आदरणीय ग्राहकमहानुभावहरूकासाथ सञ्चालनमारहेको यस बैंकमा प्रमुखवित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन्। साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।
बैंकले हरेक सम्भावितबजार क्षेत्रमाआफ्ना ग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थप शाखाकार्यालय संचालनगर्ने योजना अगाडि सारेको छ ।




















प्रतिक्रिया