Logo

बैंकिंग

प्रभु लाईफले पायो ६० लाख कित्ता आईपिओ निकाल्न अनुमति 



प्रभु लाईफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपिओलाई बिक्रिका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले कम्पनीलाई हिजो अनुमति दिएको हो । 

बोर्डले आज प्रकाशित गरेको सूचना अनुसार १०० रुपैयाँ अंकित दरका ६० लाख कित्ता आईपिओ जारी गर्न अनुमति दिएको हो ।

आईपिओ जारी गर्ने अनुमति पाएपछि करिब ६० करोड रुपैयाँ बराबरको आईपिओ यसै महिना जारी गर्ने तयारी भइरहेको बिक्री प्रबन्धकले जनाएको छ । आईपिओ जारी गरेपछि कम्पनीको चुक्ता पुँजि दुई अर्ब पुग्ने छ । हाल कम्पनीमा संस्थापक शेयरधनीहरुले एक अर्ब ४० करोड रुपैयाँ लगानी गरेका छन् ।

प्रकाशित : १२ मंसिर २०७७, शुक्रबार