नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजकमा राधेश्याम अधिकारीले ह्याट्रिक गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले राष्ट्रिय सभाका सांसदसमेत रहेका अधिकारीलाई तेस्रो पटक निर्वाचन समितिको संयोजक बनाउने निर्णय लिएको हो । उनी यसअघि कांग्रेसको १२ औं र १३ औं महाधिवेशन गराउने निर्वाचन समितिमा संयोजक बनेका थिए ।
५ सदस्यीय समितिमा अधिवक्ताहरु गोपालकृष्ण घिमिरे, खम्मबहादुर खाती, सीताराम केसी र एकराज पोख्रेल सदस्य छन् । नेपाल बार एशोसियशनको महासमितिसमेत रहेका खाती र घिमिरे यसअघिको निर्वाचन समितिमा पनि सदस्य थिए भने केसी र पोख्रेल नयाँ हुन ।
अनुशासन समितिलाई पूर्णता
बैठकले सोमबार गठन गरेको अनुशासन समितिलाई पनि पूर्णता दिएको छ । ५ सदस्यीय समितिमा दुई जना थपेर पूर्णता दिइएको हो । बैठकले उमाकान्त चौधरी र धनराज गुरुङलाई सदस्य बनाएको हो । सोमबारको बैठकले भीष्मराज आङदेम्बेको अध्यक्षमा समिति गठन गर्दै देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर सदस्य बनारहेको थियो । समिति गठन गरेको थियो ।
नियमावली मस्यौदा समिति गठन
बैडकले पार्टीको नयाँ विधान अनुरुप नियमावली बनाउनका लागि केन्द्रिय सदस्य रमेश लेखकको संयोजकत्वमा ५ सदस्यीय पार्टी नियमावली मस्यौदा समिति पनि गठन गरेको छ । समितिमा मीनबहादुर विश्वकर्मा, जीवन परियार, ईश्वरी न्यौपाने र प्रदीप पौडेल सदस्य छन् । समितिको संयोजक रहेका लेखक र पौडेल विधान मस्यौदा समितिका पनि सदस्य थिए ।





















प्रतिक्रिया