Logo

प्रमुख समाचार

नेकपाका विप्लव कार्यकर्ता र प्रहरीबीच काभ्रेमा दोहोरो भिडन्त



काभ्रेमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता र प्रहरीबीच गोली चलेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोली र विप्लव नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको हो ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालले गोली चलेको जानकारी दिएका छन् ।‘विप्लव समूहका केही सदस्यलाई फलो गर्दै हाम्रो टोली त्यसतर्फ गएको थियो ।

उनीहरुले गोली चलाएपछि दोहोरो फायरिङ भएको भन्ने कुरा आएको छ , ढकालले भने , विस्तृत विवरण आइसकेको छैन ।’सरकारले नेकपामाथि प्रतिबन्ध लगाएपछि प्रहरी र नेकपाका कार्यकर्ताबीच पहिलो पटक गोली हानाहान भएको हो ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलवार १६:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।