Logo

एनआई सी एशिया बैंकको नयाँ शाखा बुटवलको बेलबासमा



एनआई सी एशिया बैंक लि.को बुटवलवडा नं १३, रुपन्देहीस्थित बेलबास शाखाकोएनआई सी एशिया बैंकका प्रमुख मानवसंसाधन तथा विकास अधिकृत कपिल ढकालबााट उद्घाटन भएको छ।

उक्तशाखाको उद्घाटन समारोहमा ढकालले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तिय सवलिकरण अभिबृद्विगर्ने कार्यमा महत्वपुर्ण योगदान पु-याई रहेको जानकारी गराए ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखाकार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ ।

करिब १४ लाख ५० हजार ग्राहक महानुभावहरूकासाथ सञ्चालनमारहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन्।

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ । बैंकले हरेक सम्भावितबजार क्षेत्रमाआफ्ना ग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थप शाखाकार्यालय संचालनगर्ने योजना अगाडि सारेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७५, आईतवार १०:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।