हिंसात्मक गतिविधि गर्दै आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई हेर्न दृष्टिकोणबारे सरकार र प्रमुख विपक्षी दल काँग्रेसबीच मतान्तार भएको छ ।
प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले हिंसात्मक गतिविधि गर्ने चन्द समूह छलफलका लागि तयार नभएपछि नियन्त्रण गर्न लागेको उल्लेख गर्दै सरकारले ‘ब्याक गियर’ नलगाउने बताएका छन् ।
विपक्षी दल काँग्रेसले भने विगतमा यो भन्दा ठूलो हिंसात्मक आन्दोलन संवादबाटै समाधान भएकाले अहिले पनि वार्ताबाटै अघि बढ्न सरकारको ध्यानाकर्षण गराएको छ । काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले विगतमा पनि राज्यले हिंसा नियन्त्रण गर्न शक्ति प्रयोग गरेको र त्यसले पार नलागेपछि वार्तामै आउनुपरेको दृष्टान्त पेश गर्दै वार्तामा जोड दिए । कान्तिपुर दैनिकबाट




















प्रतिक्रिया