Logo

प्रमुख समाचार

काँग्रेस नेता सिटौला अस्पतालबाट डिस्चार्ज



नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौला अस्पतालबाट डिस्चार्ज भएका छन् । केही दिनअघि स्वास्थ्यमा समस्या भएपछि उनी ह्याम्स अस्पताल भर्ना भएका थिए ।स्वास्थ्यमा सुधार भएपछि सिटौला डिस्चार्ज भएको उनका सहयोगी एवं नेविसंघ पूर्वसहमहामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए ।

अस्पतालबाट बिदा हुँदै सिटौलाले उपचारमा संलग्न चिकित्सक, शुभेच्छुक र शुभचिन्तकलाई धन्यवाद दिएका छन् ।पूर्वगृहमन्त्री समेत रहेका सिटौलाको आन्द्राबाट रक्तश्राव भई रगतमा हेमोग्लोविनको मात्रामा कमि देखिएको थियो। ह्याम्स अस्पतालमा सिटौलाको आइसियूमा राखी उपचार भएको थियो। भर्ना भएको ५ दिनपछि उनलाई ‘डिस्चार्ज’ गरिएको हो।

उपचारका क्रममा सिटौलाको स्वास्थ्य अवस्था बुझ्न कांग्रेस र सत्तारुढ दलका नेताहरु अस्पताल पुगेका थिए।सिटौलाको शरीरमा देखिएको रगतको मात्रा पुरा गर्न उनी नजिकका कार्यकर्ताले अस्पतालमै रक्तदान कार्यक्रमको आयोजना गरेका थिए। जहाँ १ सय ७ युनिट रगत समेत संकलन भएको थियो।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलवार ०५:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।