नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका नेता लाल बहादुर जिसीले विगत एक बर्षदेखि अवरुद्ध रहेको नेपाल टेलिकमको टावर बनाउन ध्यानार्कषण गराएका छन् ।
ठेकेदारका कारण विगत एक बर्षदेखि अवरुद्ध रहेको नेपाल टेलिकम जुम्लाको टावर बनाउने काम तत्काल सुचारु गर्न नेता जिसीले नेपाल टेलिकमको ध्यानार्कषण गराएका हुन् ।
मंगलबार नेपाल टेलिकमका निर्देशक सरोज मान सिंह प्रधानसंग जिसीले गरेको प्रत्यक्ष भेटवार्ता पछि जुम्लामा नेपाल टेलिकमका टावर निमार्ण हुने भएका छन् ।

ठेकेदारको लापवाहीका कारण जुम्लामा बुडमारिचौर (मर्फान) बिराट, गोठिचौर , पातरासी, ताम्ति, कालिकाखेतुमा एक बर्ष पहिले नै बनिसक्नु पर्ने नेपाल टेलिकमका टावर अहिले सम्म अस्तव्यस्त अवस्थामा छन् ।
निर्देशक प्रधानकै कार्यकक्षमा भएको भेटमा नेपाल टेलिकमले ठेकदारलाई तुरुन्त बोलाई कांग्रेस तरुण नेताको पहलमा ठेक्दार छिटो भन्दा छिटो बनाउन पहल गरिने बताइएको छ ।




















प्रतिक्रिया