Logo

प्रमुख समाचार

नेबिसंघ र अखिलका बिद्यार्थीबिच कुटाकुट, नेबिसंघका बिद्यार्थी घाईते



मोरङको सुन्दरहरैचास्थित सुकुना बहुमुखी क्याम्पसमा नेबिसंघ र अखिलका बिद्यार्थीबिच कुटाकुट हुँदा आधा दर्जन बढी बद्यिार्थी घाईते भएका छन ।

सुकुना बहुमुखी क्याम्पसका प्राध्यापकहरुले लिएको दोहोरो सुविधाको विरोधमा शान्तिपूर्ण आन्दोलनको क्रममा अखिलका विद्यार्थीहरुले नेबिसंघका बिद्यार्थीमाथी योजनाका साथ आक्रमण गरेको नेबिसंघको आरोप छ ।

आन्दोलनको नेबिसंघ क्षेत्रिय सभापति होमनाथ पोख्रेल सुकुना बहुमुखी क्याम्पसका सभापति बिजय तोलाङगी,सचिब समीर सम्राट, सदस्य जीवन बस्नेत लगायत घाईते भएको नेबिसंघले जनाएको छ । थप घटना हुन नदिन् क्याम्पसमा प्रहरी तैनाथ रहेको र हाल अबस्था सामान्य रहेको ईलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरिक्षक रामकुमार राईले जानकारी दिएका छन ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार १६:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।