Logo

प्रमुख समाचार

अमेरिकाबाट फर्किएका प्रचण्डका के के कुरा फेरिए ?



सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकामा रहेका केही नेपालीहरुले नेपाल र नेपाली नेतृत्वलाई नकारात्मक दृष्टिकोणले हेर्ने गरेको टिप्पणी गरेका छन् ।

पत्नी सिता दाहालको स्वास्थ्य उपचार गरी अमेरिकाबाट बिहीबार अपरान्ह स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाललाई बदनाम गर्ने तथा नेपालका प्रधानमन्त्री, राष्ट्रपतिलगायतका उच्च नेतृत्वप्रति नकारात्मक दृष्टिकोणले हेर्ने केही नेपालीहरु रहेको टिप्पणी गरेका हुन् ।

उनले आफूमाथि पनि मेरिल्याण्ड अदालतमा उजुरी परे पनि त्यस्तो कुनै अप्रिय हर्कत नभएको र त्यहाँस्थित नेपाली दूतावासले त्यसो हुन नदिन व्यवस्थित योजना बनाएको पनि बताए । अध्यक्ष दाहालले पत्नी दाहालको अमेरिकाको तीनवटा अस्पतालमा उपचार गरिएको र त्यहाँबाट दिएको औषधीले स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको पनि जानकारी दिए ।

त्यसका अतिरिक्त अमेरिकास्थित पार्टीका नेता, कार्यकर्ता र त्यहाँस्थित नेपाली बुद्धिजीविहरुसँग पनि नेपालको समृद्धिका लागि आवश्यक छलफल गरिएको पनि बताए । उनले बासिङ्गटन र मेरिल्याण्ड राज्यका संसद र जनप्रतिनिधिहरुसँग पनि आफूले भेट गरी द्धिपक्षीय हितका विषयमा कुरा गरिएको पनि बताए ।

अध्यक्ष दाहाल गत चैत्र ३ गते आईतबार पत्नी सिताको स्वास्थ्य उपचारका लागि अमेरिका गएका थिए । दाहाल पत्नी सिता पार्किन्सन्स जस्तो एक प्रकारको जटिल रोगले पीडित रहेकी छिन् । अध्यक्ष दाहालले अमेरिकास्थित जर्ज टाउन हस्पिटल र जोन हकिन्स अस्पतालमा सो रोगको उपचार गरिएको र उपचारपछि स्वास्थ्यमा सुधार आएको पनि बताए ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार १४:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।