Logo

बैंकिंग

प्राईम लाईफले १५ प्रतिशत लाभांश वितरण गर्ने



प्राईम लाईफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत लाभांश गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५–०७६ मा आर्जिक मुनाफा सोही लाभांश वितरण गर्ने जनाएको हो । गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजिको ७ प्रतिशत बोनस शेयर तथा ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले गत शुक्रबार नै सो सम्बन्धी जानकारी नेप्सेलाई गराएको छ । कम्पनीको कूल चुक्ता पुँजि दुई अर्ब २५ करोड ८९ लाख ३१ हजार ७९७ रुपैयाँको नगद र बोनस शेयर समेत गरी कूल १५ प्रतिशत लाभांश दिन लागेको हो ।

कम्पनीले १५ करोड ८१ लाख २५ हजार २२६ रुपैयाँ बराबरको बोनस शेयर र १८ करोड ७ लाख १४ हजार ५४४ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । नगद लाभांश बोनस शेयरको कर प्रयोजनमा लाग्ने रकम कट्टा गरी वितरण गरिने प्रस्ताव गरिएको छ ।

उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भई आगामी बार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्रै शेयरधनीहरुले पाउनेछन् । कम्पनीले बुक क्लोजको मिति तय गरेको छैन ।

प्रकाशित : १४ मंसिर २०७७, आइतबार