Logo

प्रमुख समाचार

पार्टी एकताको सन्देश दिर्दै सकियो गुल्मी काँग्रेसको जिल्ला सम्मेलन



नेपाली काँग्रेस गुल्मीको प्रथम जिल्ला सम्मेलन सकिएको छ । दुई दिन सम्म तम्घासमा सञ्चालन भएको सम्मेलनले काँग्रेसलाई एक ढिक्का बनाएर लैजाने सन्देश सहित आईतबार सम्मेलन सकिएको हो ।

राष्ट्रिय रुपमै निकै महत्व र चासोको रुपमा हेरिएको सम्मेलनले सिङ्गो काँग्रेसलाई अझ मजबुत र एकतामा ल्याउन राष्ट्रिय रुपमै सन्देश प्रवाह हुने बताइएको छ । सम्मेलनमा नेपाली काँग्रेसका पार्टी सभापति शेर बहादुर देउवाले वर्तमान अवस्थामा पार्टीलाई एक ढिक्का बनाएर अघि वढ्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

सभापति देउवाले काँग्रेसले चुनाव हार्दैमा सबै सिद्धिहाल्ने भन्ने सोंच त्यागेर अझ शसक्त भएर पार्टिको काममा लाग्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका हुन् । देउवाले आईतबार प्रशिक्षण समेत दिएका छन् ।

उनले काँग्रेसमा जति आरक्षण अन्य कुनै पार्टीमा नभएको उल्लेख गर्दै महिलाहरुलाई स्थानीय तहदेखिनै ३३ प्रतिशत आरक्षणको व्यवस्था गरिएको बताए । सभापति देउवाले पार्टीमा घात र अन्र्तघातलाई नित्साहित गरी पार्टीको नीति र अनुशासनमा बसेर काम गर्दै जान सकेमा नेपाली काँग्रेसले कहिल्र्यै नहार्ने दावी समेत गरे ।

कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा सबै कार्यकर्ताहलाई हेर्ने नजर एउटै हुनु पर्ने भन्दै काँग्रेसमा कसैले पनि गुटको राजनीति गर्न नहुने धारणा व्यक्त गरे । उनले काँग्रेस कार्यकर्ताहरुलाई वर्तमान सरकारले गरेका नराम्रा कामहरुको बारेमा खुलेर आलोचना गर्न समेत आग्रह गरेका छन् ।

कार्यक्रममा नेपाली काँगे्रसका महामन्त्री डा. शशांक कोइराला, सह महामन्त्री प्रकाश शरण महत, केन्द्रीय सदस्य चन्द्र भण्डारी, पुष्पा भुसाल, धनराज गुरुङ्ग लगायतका केन्द्रिय नेताहले जिल्ला तहका नेता एवं कार्यकर्ताहरुलाई पार्टी नीति र संगठन, संगठको काम कर्तव्य र अनुशासन र पार्टीले गरेका महत्वपूर्ण काम र योगदान लगायतका विषयमा प्रशिक्षण दिएको नेपाली काँग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आईतवार १६:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।