Logo

प्रमुख समाचार

बारा–पर्साका पीडितलाई उद्धार र राहतको प्रदान गर्न पौडेलको माग



बारा र पर्सा जिल्लामा भएको बिनाशकारी क्षतिप्रति नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुःख व्यक्त गर्दै राहतका लागि नेपाल सरकारसँग माग गरेका छन् ।आइतबार राति अचानक आएको हावाहुरीबाट बारा र पर्सामा २७ जना सर्वसाधारणले ज्यान गुमाउनुका साथै चार सयभन्दा धेरै घाइते भएका छन् ।

मृत्यु हुनेको संख्या बढ्न सक्ने स्थानीय प्रहरीको भनाइ छ ।कांग्रेस नेता पौडेलले आइतबार बिहान सन्देश दिँदै बारा र पर्सा जिल्लामा भएको मानवीय क्षतिबाट नेपाली कांग्रेस र आफू निकै मर्माहत भएको बताएका छन् ।

‘यो प्रकृतिक विपत्तीबाट नेपाली कांग्रेस अत्यन्तै मर्माहत भएको छ’, पौडेलले भनेका छन्, ‘मृत्तकका आफन्तलाई क्षतिपूर्ति र घाइतेको उपचार तथा राहतका लागि सरकारसँग आग्रह गर्दछु ।’

कांग्रेसका वरिष्ठ नेता पौडेलले बारा र पर्सा जिल्लाका पीडितहरूको उद्धार र राहतका लागि खटिन नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई अपील गरेका छन् ।‘यो विपतको घडीमा हामी सबै मिलेर उद्धार र राहत प्रदान गर्नुपर्छ’, उनले भनेका छन्, ‘बिरामीहरूको उपचारमा रगतको अभाव भएको छ । अस्पतालमा पुगेर रक्तदान गर्न पनि मेरो आग्रह छ ।’

आइतबार राति आएको आधा घण्टाको हावाहुरीले हज्जारौँ सर्वसाधारणको घर, गोठ भत्काइदिएको छ । भत्किएका घर र गोठ निर्माणका लागि पनि राहत दिनुपर्ने कांग्रेस नेता पौडेलले सरकारसँग आग्रह गरेका छन् ।वरिष्ठ नेता पौडेलले हावाहुरी पीडितहरूको उद्धारमा खटिएका सुरक्षाकर्मी, स्थानीय र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूलाई धन्यावाद पनि दिएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार ०२:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।