Logo

प्रमुख समाचार

ओली सरकारले जनतामाथि करको बोझ थाेपर्ने बाहेक केही गर्न सकेन : कांग्रेका सभापति देउवा



प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेका सभापति एबम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बर्तमान सरकारले जनतामाथि करको बोझ थोपरेका कारण नेपाली जनता मारमा परेको बताएका छन् ।

आज छैठो प्राचीन कपिलबस्तु महोत्सवको उद्घाटन गर्दै देउवाले देशमा जताजतै धेरै ठूलो आर्थिक घोटला हुने गरेको आरोप समेत लगाए। नेपाल र नेपाली संग पैसा हुँदाहुदै पनि बुढी गण्डकी जलबिधुत आयोजना चिनिया कम्पनीलाई दिएको बताए ।कपिलबस्तु पर्यटकिय तथा धार्मिक हिसाबले भरिपूर्ण रहेकोले यसको विकास गर्नुपर्नेमा जोड दिए ।

महोत्सवमा १ सय ५० स्टल रहेको छ । महोत्सवमा १ लाख ५० हजार दर्शकले अवलोकन गर्नुका सथै १ करोड भन्दा बढीको करोबार हुने आयोजकले आपेक्षा गरेको छ । महोत्सव आजदेखि ३० गतेसम्म बुद्ध पद्यमको खेल मैदानमा हुने भएको छ । महोत्सव तौलिहवा उद्योग वाणिज्य संघको आयोजनामा हुने भएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार १३:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।