Logo

प्रमुख समाचार

नयाँ नेतृत्वका लागि भएकाे बार निर्वाचनको मतगणना शुरु



नेपाल बार एसोसिएसनको मत गणना कार्य सुरु भएको छ । मतगणना आज अपराह्नदेखि बारको केन्द्रीय कार्यालय र सार्वोच्च अदालतबाट पूर्वी केन्द्रका इलाम, झापा र विराटनगर मदातन केन्द्रबाट गणना सुरू गरिएको हो ।गणना गरिएका तीन केन्द्रको अन्तिम मतपरिणाम आजै राति आइसक्ने बताइएको छ ।

बाँकी ३२ केन्द्रको मत गणना भोलि बिहान ८ बजेदेखि गरिने निर्वाचन समितिका सदस्य शिवप्रसाद रिजालले जानकारी दिए । बारको पच्चिसौँ केन्द्रीय कार्यसमितिका लागि शनिबार मतदान भएको थियो ।

तीनवर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एकरएक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित गर्नेछ ।

नयाँ नेतृत्वका लागि प्रगतिशील, पेशागत तथा समावेशी समूह र बृहत् लोकतान्त्रिक समूहबीच प्रतिस्पर्धा भएको छ । अध्यक्षमा प्रगतिशील समूहबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र लोकतान्त्रिक समूहबाट सुनिलकुमार पोखरेल उम्मेदवार बनेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार १४:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।