Logo

प्रमुख समाचार

देउवाले भने – चुनाव लडेरै फेरि सभापति बन्छु



प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान अनुरुप दोस्रो पटक पनि सभापति बन्ने इच्छा रहेको बताएका छन् ।देश दौडाहामा रहेका सभापति देउवाले नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ लमहीमा आयोजना गरेको क्षेत्रीय सभालाई सम्बोधन गर्दै उनले आफू फेरि पनि चुनाव लडेर पार्टीको सभापति बन्ने दावी गरका छन् ।

कांग्रेसको शंसोधित विधानमा चुनाव लडेर नेतृत्वमा आउन सक्ने व्यवस्था रहेको बताए ।उनले ओली सरकारविरुद्ध गर्ने आन्दोलनमा तयार रहन कार्यकर्तालाई निर्देशन समेत दिए ।

ओली सरकार बनेको एक वर्ष भन्दा बढि भयो तर, जनताको काम एउटा पनि गर्न नसकेको देउवाको टिप्पणी थियो ।देउवाले कांग्रेस सबैको पार्टी भएको बताउँदै महिला, थारु, मधेसी, दलित समुदायलाई आरक्षणको व्यवस्था गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार १३:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।