Logo

प्रमुख समाचार

बर्दियाका बामदेव गौतम एक वर्षदेखि बेरोजगार भएपछि….



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य बामदेव गौतमले एक वर्षदेखि पार्टीले आफुलाई कुनै भूमिका नदिएको गुनासो गरेका छन् ।

बिहिबार चितवनको भण्डारामा आयोजित स्व. नेता जागृतप्रसाद भेटवालको प्रथम स्मृति सभालाई सम्बोधन गर्दै नेता गौतमले पार्टीले आफुलाई कुनै पनि भूमिका नदिदा बेरोजगार बसेको बताए । “एक वर्षदेखि म पार्टीको कुनै भूमिकामा छैन”, नेता गौतमले भने, “म पार्टीभित्र बेरोजगार भएको छु ।”

नेता गौतमले भेटवालले देखेका सपना र अधुरा काम सम्पन्न गर्न सके मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने नेता बताए । गौतमले भेटवाल सरल नेता भएको बताउदै भने, “उहाँको व्यवहार, आचरण र त्याग हाम्रा लागि उदाहरण हुन् ।” नेता गौतमले सबैले अब भेटवालबाट शिक्षा लिनुपर्ने बताए ।

यस्तै नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले चितवनमा कम्युनिष्ट पार्टी निर्माणमा भेटवालको योगदान महत्वपूर्ण रहेको बताए । भेटवालको उदारता र आत्मबल प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै उनले व्यक्ति र पार्टीभन्दा पनि जनताप्रति उत्तरदायी हुने नेता भएको बताए ।नेता भेटवालको २०७४ चैत २१ गते काठमाडौँको वीर अस्पतालमा क्यान्सरको उपचारका क्रममा निधन भएको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार १७:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।