सुनसरीको भोक्राहामा चेकजाँचका क्रममा प्रहरी र स्थानीयबीच झडप हुँदा गोली चलेको छ ।भारतसँग नाका जोडिएको क्षेत्रबाट आउने व्यक्तिलाई चेकजाँच गर्ने क्रममा प्रहरी र स्थानीयबीच विवाद हुँदा घटनाले उग्र रुप लिएको हो । ।
चेकजाँचका क्रममा प्रहरीमाथि आक्रमण भएको र स्थानीयका अनुसार प्रहरीले केही राउण्ड गोली चलाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले चेकजाँचका क्रममा विवाद उत्पन्न भएको बताएका छन् ।
‘गोली नै चलेको भन्ने अहिलेसम्म जानकारीमा आएको छैन । चेकजाँचको क्रममा विवाद भएको हो,’ एसपी अधिकारीले भने, ‘सर्वसाधारणको आक्रमणबाट हाम्रा (प्रहरी) का एकजना सई घाइते हुनुभएको छ ।’ झडपका क्रममा केही सर्वसाधारण पनि घाइते भएका छन् ।




















प्रतिक्रिया