Logo

प्रमुख समाचार

मौसम बिग्रियो, बाहिर निस्कँदा सतर्क हुनुहोला



जल तथा मौसम पूर्वानुमान महाशाखाले घर बाहिर निस्कँदा सचेत भएर बाहिर निस्कन आग्रह गरेको छ । मौसममा खरावी आएपछि महाशाखाले सचेत हुन आग्रह गरेको हो । शुक्रबारदेखि नै मुलुकको मौसममा खरावी आएको छ । शनिबार बिहान एकाएक अँध्यारो भएको छ ।

महााशाखाले मेघ गर्जनसहित भारी वर्षा हुने जनाएको छ । त्यसैगरी देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हुरी बताससहितको वर्ष हुने सम्भावना प्रक्षेपण गरेको छ । काठमाडौं उपत्यकामा अध्यारो भएको छ भने वर्षा पनि भइरहेको छ ।

दिउँसो पनि देशको अधिकांश भूभागहरुमा सामान्यदेखि पूर्णतया बदली रहने जनाएको छ । उच्च हिमाली भूभागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना देखिन्छ। तराइका भूभागहरुमा हुरी बतास चल्ने संभावना देखिएको महाशाखाले जनाएको छ ।

शनिबार राति पनि हावाहुरीसहित मेघगर्जनसहित वर्षा हुने तथा चट्याङ पर्न सक्ने महाशाखाले जनाएको छ ।
मौसमविद्हरुले पश्चिमी बायूको असरले गर्दा नै पहिलेको तुलनामा मौसम बिग्रिएको बताएका छन् । किन बिग्रियो भनेर भन्न भने नसकिने मौसमविद्हरु बताउँछन् ।

नेपालमा प्रविधिको अभावले मौसमबारे यकिन भन्न नसकिएको उनीहरुको गुनासो छ । बारा पर्सामा आएको ‘टोर्नायो’ जस्तै नेपालमा यसअघि पनि नआएको उनीहरुले बताइरहेका छन् । तर केही मौसमविद्हरुले भने २०४४ सालमा काठमाडौंको दशरथ रंगशालामा भएको भूमरी र बारा–पर्साको भूमरीलाई एकै भनेका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार ०१:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।