Logo

प्रमुख समाचार

मधेसवाद चिन्तकद्वारा श्रद्धाञ्जली सभा सम्पन्न



गत चैत्र १७ गते मधेसको बारा,पर्सामा गएको बिनासकारी हावा-हुरीले सिङ्गो मधेशलाई मर्माहित बनाएको भन्दै मधेसवाद चिन्तक द्वारा आज काठमाडौं स्थित माइतीघर मण्डलामा जितेन्द्र पटेलको शभापतित्वमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो। सो कार्यक्रममा सम्पुर्ण उपस्थित ब्याक्तित्वहरु द्वारा मौन धारण गर्नुका साथै मृत आत्माको शान्तिका लागी दिप जलाइदिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै आशुतोष तिवारीले मधेसलाई संघीय सरकारले विभेद गरेको प्रकास्टा फेरि एक पटक दोहरिएको छ, यस्तो बिपत परिस्थितिमा समग्र मधेश प्रकृतिक प्रकोपले ग्रसित भएकोले भन्दै एक दिन राष्ट्रिय शोकको घोषण गर्ने अनुरोध गर्दै मृतक प्रती श्रद्धाञ्जली प्रकट समेत गरेका थिए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै हिन्दु परिषदका पर्सा सचीव तथा ने.बि संघ नेता प्रभात सिंहले मधेशमा प्रकृति प्रकोपले जनमानशमा चिन्ताको विषय बनाएको छ ।यस्तो बिपद परिस्थितिमा पनि धेरै जस्तो नेता तथा पदाधिकारीहरु आफ्नो स्वार्थलाई मध्य नजर गरि सेल्फी,फोटो मार्फत आफुलाइ प्रचारको पात्र बनाएको भन्दै टिप्पणी गरेका थिए ।

नेता सिंहले पीडित समुदायको लागि राहत तथा आवस्यक क्षतिपूर्ति उपलब्ध गराउन सरकार सङ जोरदार माग गरेका थिए ।त्यस्तै कार्यक्रममा पप्पु चौधरी, बिकाश शाह , बिशाल गुप्ता ,अहमद जाहुल, दिपकलाल लगायत विभिन्न राजनितिक दलबाट आबद्ध नेता तथा कर्याकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सहजीकरण प्रभात सिंहले गरेका थिए ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार १५:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।