Logo

बैंकिंग

एनआईसी बैंकले आफ्नो स्वामित्वमा रहेको विभिन्न ४ कम्पनीको संस्थापक सेयर लिलामिमा बिक्रि गर्दै



एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेका ४ कम्पनीको संस्थापक समूहको शेयर आजबाट लिलाम बढाबढ गरी बिक्रि खुल्ला गरेको छ । बैंकले नागरिक लगानी कोष, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।

बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५ सय ६० कित्ता, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एक लाख ९२ हजार ९ सय ९४ कित्ता, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एक लाख ३९ हजार ४ सय ७० कित्ता र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एक लाख २५ हजार ७ सय २६ कित्ता बिक्री गर्न लागेको हो ।

उक्त शेयरमा नागरिक लगानी कोषको शेयरमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीले मात्र आवेदन दिन सक्नेछन् भने सूर्या लाइफ र एशियन लाइफको शेयरमा अन्य योग्य लगानीकर्ताले आवेदन पनि दिन सकिन्छ । 
लगानीकर्ताले आजबाट मंसिर १९ गते शुक्रबारसम्म बोलपत्र पेश गर्नुपर्ने जनाएको छ । लगानीकर्ताले न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सकिने कम्पनीले बताएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  २ : ५१ बजे