Logo

प्रमुख समाचार

७७ जिल्लाका प्रमुखजिल्ला अधिकारीहरु हेरफेर को कहाँ ?



गृह मन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्लाअधिकारीहरु हेरफेर गरेको छ । मन्त्रालयका अनुसार रसुवामा अर्जुन भण्डारी, सिन्धुपाल्चोक जिल्लामा उप–सचिव गोमादेवी चेम्जोङ्गलाई कामु प्रमुख जिल्ला अधिकारीको जिम्मा दिइएको छ ।

त्सस्तै संखुवासभाको प्रमुख जिल्ला अधिकारीको रुपमा उप–सचिव जीवन प्रसाद दुलाललाई पठाएको छ, रामेछापको प्रमुख जिल्ला अधिकारमा लिलाकुमारी केसी पाण्डेको सरुवा भएको छ ।

भोजपुरमा नुरहरी खतिवडा, बाजुरामा गंगा प्रसाद न्यौपाने र दोलखामा खगेन्द्र प्रसाद रिजालको सरुवा भएको छ । गृह–मन्त्रालयले नख्खु कारागारको प्रमुखमा बेद प्रसाद अर्याललाई पठाएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा र भोजपुरकी प्रजिअ हिरा देवी पौडेललाई मन्त्रालय सरुवा गरिएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलवार ०३:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।