Logo

प्रमुख समाचार

कुनै दिन योगेश भटराईले केपी ओलीलाई यतिसम्म गरेका थिए..



कतिपय कुरा वर्तमान हुँदा राम्रै भएपनी विगत हुँदा आफैँलाई हान्ने तिर बन्दो रहेछ । त्यहि नियतको सिकार भइरहेका छन् नेकपाका युवा नेता योगेश भट्टराई ।पार्टी भित्र सिनियर नेता मध्ये मन्त्री हुन नपाएको एक मात्र मान्छे भएपनि, स्वयमै पार्टी अध्यक्ष र प्रधानमन्त्रीले मन्त्री बनाउँछ् भनेर सार्वजनिक अभिव्यक्ति दिँदा पनि अनि पब्लिकको सेन्टिमेन्ट समेत योगेशलाई मन्त्री बनाउँनु पर्छ भन्ने हुँदा हुदै पनि किन उनका लागी मन्त्रीको कुुर्सी टाढा हुँदै गएको छ त ? यसका धेरै कारण हुन सक्छन् तत्कालिन र दीर्घकालीन।

तर भुल्न नह्ने एउटा विगत छ जसले गर्दा प्रधानमन्त्री केपी ओली आँखा चिम्लेर योगेश भट्टराईको विश्वास गर्न सक्दैन् । कुरो हो एमाले फुटेर माले बन्ने बेलाको, जतीबेला एमालेबाट छुट्टिएर नेकपा मालेमा गएका योगेश भट्टराई, घनश्याम भुषाल, नारायण ढकाललगायतले ५५ सालमा एक पुस्तक लेखेका थिए । त्यो पुस्तकमा एमालेले गरेका राष्ट्रघात र अपराधको विवरण राखिएको थियो ।

पुस्तकको नाम थियो, ‘राष्ट्रघाती विसर्जनवादी एमाले नेतृत्व गुटका ५१ अपराध ।’ यो पुस्तक क्रान्तिकारी युवा समूहका तर्फबाट घनश्याम भुषाल, योगेश भट्टराई, नारायण ढकाललगायतले लेखेका थिए । पुस्तकमा बर्तमान प्रधानमन्त्री केपी ओलीको यस्तो भण्डाफोर गर्दै योगेश र उनको टिमले ओलीको बेइजत गरेको थियो ।

जहाँ केपी ओलीका बारेमा लेखिएको थियो –

तत्कालीन गृहमन्त्री केपी शर्मा ओलीले नियमविपरीत गृहमन्त्रालयका लागि गाडी खरीद गरी करोडौं खाएको कुरा लेखा समितिको रिपोर्टमा उल्लेख छ । यसरी ओलीले नौ महिना गृहमन्त्री हुँदा प्रहरीप्रशासन र तस्करहरूको नेर्टवर्कभित्र पार्टीलाई प्रवेश गर्राई सुनदेखि चरेशसम्मको तस्करी गर्ने, गराउने काम गरे ।

महाकलीसन्धि दुवै सदनबाट पारित गराउन देउवा सरकारसँग सांसद खरीद गर्छु भनी खड्ग ओलीले ५ करोड रुपैयाँ माग गर्नेजस्ता घृणित कार्य गरे । महाकाली सन्धि दुवै सदनबाट पारित गराउनका लागि २०५३ भदौ ३ मा भारतीय राजदूतका शरणमा सांसद र केन्द्रीय सदस्यलाई केपी र माधवले भोज खुवाउन लगे ।

प्रधानमन्त्री निकट एक नेताका अनुुुसार केपी ओलीको एउटा स्वभाव चाँही उनी कसैको गुन पनि बैगुन पनि सितिमिती बिर्सदैनन् । यस आधारमा पनि योगेश मन्त्री बन्न नपाउँनुको धेरै कारण मध्य यो कारण पनि एउटा नहोला भन्न सकिन्न ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलवार १४:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।