Logo

समाचार

माछापुच्छ्रे बैंकको तीन नयाँ शाखा विस्तार



माछापुच्छ्रे बैंकले टंकिसिनवारी, त्रिशुली र टिमुरेमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले मोरङको बुढीगंगा गाउँपालिका स्थित टंकिसिनवारी, नुवाकोटको विदुर नगरपालिका स्थित त्रिशुली र रसुवाको गोसाँईकुन्ड गाउँपालिका स्थित टिमुरेमा नयाँ शाखाको औपचारिक सुरुवात गरेको हो ।

टंकिसिनवारी शाखाको उद्घाटन विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्र मान सिंह कार्कीले,त्रिशुली शाखाको उद्घाटन विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले र टिमुरे शाखाको उद्घाटन रसुवाका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले गरेका हुन्

नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ ।बैंकलेउक्त शाखाहरुमा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था रहेको जनाएको छ ।

हालसम्म बैंकले ९९ वटा शाखाहरु, १ सय २१ वटा एटीएम र ७६ शाखा रहित बैकिङ मार्फत १ सय ७५ स्थानवाट ग्राहकहरुलाई सम्पुर्ण बंैकिङ सुबिधा प्रदान गर्दै आएको छ

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलवार १५:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।