Logo

प्रमुख समाचार

कड्किए कुलमान ‘पाचौ तहको कर्मचारी साँढे जस्तो बोल्दै हिड्ने ? यहाँ दादागिरी चल्दैन ‘



नेपाल बिद्युत प्राधिकरणले पछिल्लो समय दिनरात खटेर अहोरात्र काम गरिरहेको छ । अहिलेको ड्राई सिजनमा पनि कहिँ कति लोडसेडिङ छैन । यस आर्थिक बर्षमा करिब ५० देखि ६० वटा सब स्टेशन चार्ज भएका छन् । ३ हजार मेगावाट माग थपिदै छ । धेरै लामो समयसम्म अदेकर बसेका आयोजना सम्पन्न हुने क्रममा छन् । अबको ४ बर्ष भित्र हरेक नेपालीलाई बिद्युत पुर्याउने लक्ष्य छ । एक्सेस टु अल भन्ने नारा लिएर हामी सबैमा बिजुली पुर्याउने अभियानमा छौ ।

पछिल्लो समय प्राधिकरणले २ वटा ठुला काम गर्यो । जुन आजसम्म पनि हुन् सकेको थिएँन । यो होला भनेर प्राधिकरणका उच्च तहका कर्मचारीहरुले पनि सोचेका थिएनन् । तर यी कम आज सम्भव भएको छ । पहिलो काम लोडसेडिङ देशबाट नै अन्त्य भएको छ । दोस्रो प्राधिकरण पहिलो पटक नाफामा गएको छ । यो होला भनेर प्राधिकरणका कमर्चारी स्वयं समेत बिश्वस्त थिएनन् । प्राधिकरण ९ अर्ब घाटामा जाँदा कसैको ध्यान गएको थिएन । तर अब प्राधिकरण जाँदा सबैको आँखा लाग्न थालेको छ । सरकारले अनुदान दिएर नाफामा गयो भनेर अन गर्ल प्रचार भएको छ । प्राधिकरण कसरी नाफामा गयो भन्ने महालेखाले हेरेको छ ।

अहिले फेरी बिगतमा लोडसेडिङ गराएका तत्वहरु फेरी सक्रिय भएका छन् । उनीहरु फेरी सल्बलाउन थालेका छन्। प्राधिकरण भित्रको संयन्त्र कमजोर बनाउने, प्राधिकरणको ब्यबस्थापन कमजोर बनाउने, सिंगो प्राधिकरणको टिमलाई प्रभावित पार्न खोज्ने काम भएको छ । जुन खेलले हिजो देश अन्धकार भएको थियो, अहिले त्यहि खेल सुरु गर्ने षड्यन्त्र भएको छ ।

यहाँ गलत ब्याख्या गर्ने अधिकार कसैलाई छैन ।ट्रेड युनियनको चुनाव नगराउने खेल भएको भनेर आरोप लागेको छ । मैले फागुन मै चुनाव गराउनु पर्छ भन्दा उहाँहरु तयार हुनु भएन । अहिले आएर नगराउने खेल भयो भन्न मिल्छ ? अब चुनाव भएर आएपछि आधिकारिक ट्रेड युनियन हुन्छ । अहिले कोहि पनि आधिकारीक छैन ।

अहिले व्यक्तिगत आक्षेप लगाउने काम भएको छ । यसमा प्राधिकरणको गम्भीर आपत्ति भएको छ । प्राधिकरणका कर्मचारी बिहान ७ देखि बेलुका १० बजेसम्म खटेर काम गरेका छन् । प्राधिकरणको काममा कसैलाई शंका लागे छानविन गर्ने निकाय छन् , छानविन गरे हुन्छ । यो सब कसको निर्देशनमा भईरहेको बारे प्राधिकरण पूर्ण जानकार छ । प्राधिकरण कै कर्मचारी यसमा संलग्न छन् । यसको गहिरो छानविन हुन्छ ।

प्राधिकरणका एमडीले ठुलो भत्ता र कमिशन खाएको आरोप लागेको छ । दिन मै धेरै वटा बैठक राखेर भत्ता पचाएको आरोप लागेको छ । तर वहाँहरुले यसको अर्को पाटो बुझ्नु भएन । निश्चित कार्य प्रगति सम्पन्न गरेपछि सरकारले नै इन्सेनटिभ दिन्छ । यो नियम अनुसार कै प्रक्रिया हो । ८० प्रतिशत भन्दा बढी कार्य प्रगति पुरा भए निश्चित इन्सेनटिभ आउछ । त्यसमा पनि कर काटिन्छ । मैले ६० लाख भत्ता लिए भनेर दुस्प्रचार भयो । भत्ता बर्षमा एकै पटक आउंछ । जति आउछ त्यो सब कर काटेर आउछ । कति आउछ म आफैलाई पनि थाहा हुन् । ६ लाख कर काटेर इन्सेनटिभ आएको रहेछ । मिडियाले त यो इन्सेनटिभलाई पनि भत्तामा जोडीदियो । कुन देखि मेरो तलव पनि भत्ता मै जोडेर यति भत्ता लियो भन्नु होला । कसैलाई हेर्नु छ भने आएर हेर्दा हुन्छ । प्राधिकरणमा पारदर्शिता छ । सम्पूर्ण हिसाबकिताब खुला नै छ ।

बोर्ड बैठकमा हस्ताक्षर गर्ने समेत अधिकार नभएका आमन्त्रित सदस्यले बैठकबारे गलत प्रचार गर्दै हिड्छ । उसलाई मिडियामा गएर बोल्ने अधिकार कसले दियो ? बैठकमा छलफल नभएको बिषयमा समत यस्तो निर्णय भयो भनेर बाहिर बोल्दै हिड्ने ? प्राधिकरणको एउटा पाचौ तहको कर्मचारी साढें जस्तो बोल्न पाउंछ ? प्राधिकरणले यस बिषयमा स्पष्टीकरण सोधेको छ ।

बिगतमा एमडीले के गर्ने गरेका थिए भन्नेबारे हामी सबलाई थाहा छ । त्यस बेला कठपुतली हुन्थे । अहिले त्यस्तो छैन । यो एमडी कमजोर एमडी हैन । त्यस्तो हर्कत प्राधिकरणमा चल्दैन । यो एमडीले यहाँ देखिएको बिकृति समाप्त गर्छ । ठुला भन्नेको नजिककालाई पनि कारबाही हुन्छ । बाधकलाई बाटो बाट अलग गरिन्छ । चेन अफ कमाण्ड लागु हुन्छ । यस्तालाई राम्रो काम किन पच्दैन ?

हामीलाई काम गर्न दिनुस, त्यस्ता तत्वले हामीलाई डिस्टर्ब भएको छ । अनावश्यक दुख दिने , प्रचारबाजी गराउने काम भएको छ । हिजो लोडसेडिङ गराउने दलालहरु आज पनि लागि परेका छन् । म प्राधिकरणमा रहेसम्म केहि पनि तल माथि हुन् दिन्न, यहाँ कसैको दादागिरी चल्दैन ।

डेडीकेटेक र फिडर लाइन लिएका उद्योगीबाट ठुलो रकम पैसा लिएर उनीहरुले त्रिर्नु पर्ने रकम मिनाहा गरेको भन्ने गलत प्रचारबाजी भएको छ । म आएपछि कसैले पनि यो लाइन लिएका छैनन् । र कसैको शुल्क पनि मिनाहा भएको छैन । यस बिषयमा उच्च अदालत र सर्वोच्चमा मुद्दा विचाराधीन छ । उच्च अदालतले दिएको आदेशमा भ्याकेट समेत हालेका छौ । यस बिषयमा बोर्डमा छलफल जारि छ ।

हिजो जनतालाई अध्यारोमा राखेर कुन उद्योग संग कति लिएर बिजुली दिईएको थियो भन्ने सब प्रमाण म संग छ ।हिजोको अध्यारो परिस्थिति निम्त्याउनेहरुले गलत प्रचार गरिरहेका छन् । म सबैलाई यस बिषयमा सचेत गराउन चाहन्छु । धन्यवाद

(नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रस्तुत गरेको मन्तव्यको सम्पादित अंश)

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलवार १६:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।