Logo

प्रमुख समाचार

राप्रपाका राजेन्द्र लिङदेनलाई मार्न ५० लाख इनाम दिने को रहेछ ?



राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना सांसद राजेन्द्र लिङदेनमाथि आएको ज्यान मार्ने धम्कीबारे छानबिन गर्न सरकारसँग माग गरेको छ ।लिङदेनमाथि आएको धम्कीका पछाडि राजनीतिक कारण रहेको हुनसक्ने दाबी राप्रपाको छ ।

लिङदेनलाई एक अपरिचितले टेलिफोन गरी उनको हत्याका लागि आफूले ५० लाख रुपैयाँ दिइसकेको भन्दै उडाइदिने धम्की दिएका थिए । राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले मंगलबार एक विज्ञप्ति जारी गर्दै लिङदेनमाथिको धम्की पैसाका लागि मात्र नभई राजनीतिक कारण हुनसक्ने औंल्याए । श्रेष्ठले घटनाको मिहीन ढंगले छानबिन गरी दोषीउपर कारबाही माग गरेका छन् ।

उनले योजनाबद्ध र ऋंखलाबद्ध रुपमा आएको धम्कीबारे जरैसम्म पुगेर अनुसन्धान गर्न र दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न राप्रपाले सरकार र प्रधानमन्त्री केपी ओलीसँग माग गरेका छन् । प्रहरीले धम्की दिने व्यक्तिलाई पक्राउ गरिसकिएको जनाएको छ । यद्यपि त्यसबारे थप जानकारी गराइएको छैन ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलवार १६:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।