Logo

प्रमुख समाचार

प्रधानमन्त्री ओलीलाई रवि लामिछानेले देउवाको घरमा चिया खान जानुस् भनेपछि…



चर्चित संचारकर्मी रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिपक्ष प्रति धेरै कडा र रुखो नबनि नरम बन्न आग्रह गरेका छन् । २०७५ सालको लागी अन्तिम कार्यक्रम जनता सँग प्रधानमन्त्री मार्फत रविले प्रधानमन्त्रीलाई विविध विषयमा विभिन्न अनुरोध गरेका छन् । टेलिभीजन कार्यक्रम मार्फत रविले प्रधानमन्त्रीलाई भने -‘तपाई ताप्के हामी ताप्केका विँड ।

यसर्थमा ताप्केनै नताती विँड मात्र तातेर केही पाक्दैन । त्यसैले प्रिय प्रधानमन्त्री ज्यू आज बर्षको अन्तिम दिन तपाईलाई जाने जति शिष्टता र सम्मानपूर्वक, सिन्सियरली केही भन्ने विचार गरेको छु । आज चाँही आसेपासेहरु साइड नलागेपनि हुन्छ’

। विकासको बहस सुरु गर्न ओलीलाई आग्रह गर्दै रविले भनेका छन् -‘जस्तै रेल, पानीजहाज, सुरुङ मार्ग, आदी आदी । यो देशको एजेण्डानै चेन्ज गर्ने प्रधानमन्त्रीका रुपमा तपाईलाई इतिहासले रतिभर अन्याय नगरी सम्झिने छ जस्तो लाग्छ । म तपाईको आलोचक पनि होइन, समर्थक पनि होइन तर शुभचिन्तक चाँही जरुर हुँ । शासन प्रणाली वा व्यवस्था परिवर्तनमा तपाईले दिएको योगदान हिजोको कुरा हो, जो वितिसक्यो’

। प्रतिपक्ष प्रति गरम होइन नरम हुन प्रधानमन्त्रीलाई आग्रह गर्दै बरु आफैमा विभाजनमा रहेको काग्र्स नेताहरु शेखर कोइराला सशांक कोइराला रामचन्द्र पौडेल र शेरबहादुर देउवा हरुको घरमा गएर चिया खाएर उनिहरुको आन्तरिक कलहलाई मिलाइ दिन पनि रविले प्रधानमनत्रीलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार १६:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।